जनता नेताको, गोठालो छ,
नेता बिदेसिको, खेतालो छ!!
कालापानी अनि, सुस्ता हेर ,
सिमानाहरुमा घाउ, आलो छ!!
दिनभर साहुको भकारि भर्छ जो,
घर जाँदा त रित्तो, डालो छ !!
हाकिम देखि पिउन सम्मै,
भ्रस्टाचारीहरुको, जालो छ!!
रोजगारिको आवेदन खुल्छ,
नँ १ मा मन्त्रिकै, सालो छ!!
कोहि रहेनन् सद्दे यहाँ,
सबको नियतमा, कालो छ,
धेरै छन् मायामा, धोका खाने,
साएद अबचाहिँ मेरो, पालो छ,
03/05/2013 "सुमन काले"
No comments:
Post a Comment