Wednesday, May 15, 2013

जनता नेताको, गोठालो छ,
नेता बिदेसिको, खेतालो छ!!

कालापानी अनि, सुस्ता हेर ,
सिमानाहरुमा घाउ, आलो छ!!

दिनभर साहुको भकारि भर्छ जो,
घर जाँदा त रित्तो, डालो छ !!

हाकिम देखि पिउन सम्मै,
भ्रस्टाचारीहरुको, जालो छ!!
रोजगारिको आवेदन खुल्छ,
नँ १ मा मन्त्रिकै, सालो छ!!

कोहि रहेनन् सद्दे यहाँ,
सबको नियतमा,  कालो छ,

धेरै छन् मायामा, धोका खाने,

साएद अबचाहिँ मेरो, पालो छ,
03/05/2013 "सुमन काले"

Wednesday, June 29, 2011

घाम ढल्यो, जुन लाग्यो कस्तो ऊराठ घडी आयो?

घाम ढल्यो, जुन लाग्यो कस्तो ऊराठ घडी आयो?
हिजो अस्ती भन्दानि  आज तिम्रो याद बढी आयो!!

मध्यरातमा तिम्लाई सम्झिन्छु , तारा फिक्का लाग्छ,
यस्तो लाग्यो जुन पनि तिमीलाई नै पढी आयो !!!

सम्झी सम्झी टोलाऊँछु म झस्किएर बोलाऊँछु,
भुलें सबै तिम्रो नै याद नशा-नशा चढी आयो!!!

यति धेरै माया बस्यो भाग्यमा कतै छैन र की?
किन हो किन तिम्रै नाम मुटु भित्र गडी आयो!!

बरु कुराउ दुइ-चार बर्षै हुन्न नभन है?
तिम्रै लागी यो "काले"ले समाज संग लडी आयो!!
२७/०२/२०६८ "सुमन काल"