Wednesday, June 29, 2011

घाम ढल्यो, जुन लाग्यो कस्तो ऊराठ घडी आयो?

घाम ढल्यो, जुन लाग्यो कस्तो ऊराठ घडी आयो?
हिजो अस्ती भन्दानि  आज तिम्रो याद बढी आयो!!

मध्यरातमा तिम्लाई सम्झिन्छु , तारा फिक्का लाग्छ,
यस्तो लाग्यो जुन पनि तिमीलाई नै पढी आयो !!!

सम्झी सम्झी टोलाऊँछु म झस्किएर बोलाऊँछु,
भुलें सबै तिम्रो नै याद नशा-नशा चढी आयो!!!

यति धेरै माया बस्यो भाग्यमा कतै छैन र की?
किन हो किन तिम्रै नाम मुटु भित्र गडी आयो!!

बरु कुराउ दुइ-चार बर्षै हुन्न नभन है?
तिम्रै लागी यो "काले"ले समाज संग लडी आयो!!
२७/०२/२०६८ "सुमन काल"